बहुप्रतिभा कार्यक्रम
२०७६ कार्तिक २९ पर्वत कुश्मा
यस रास्ट्रिय बाल शिक्षा सदन अंङग्रेजी आबासिय मा.बि. कुश्मा पर्वतले नियमित गर्ने शुक्रबारे कार्यक्रम अन्तर्गत हिजो बिद्यार्थिहरूको
अन्तरनिहित प्रतिभा प्रस्फूटनार्थ शुक्रबार बहुप्रतिभा कार्यक्रम सम्पन्न भएको छ। कक्षा ८ ले आयेजना गरेको उक्त कार्यक्रमको अद्यक्षता कक्षा ८ का अमृत लामिछानेले गरेका थिए ।
बिद्यालय सन्चालक समितिका अद्यक्ष रूद्र प्रसाद शर्मा प्रमुख अतिथि रहेको कार्यक्रमको स्वागत बिपिन लामिछानेले र परिक्षा पौडेलले गरेका थिए भने सन्चालन सम्रचना शर्मा र पुजन सुबेदीले गरेकाथिए।
निमाबि सि.ई प्रकाश आचार्य र माबि शिक्षक शुत्र प्रसाद पैडेल निर्णायक रहेको कार्यक्रममा कक्षा ९ र १० को लागी बादबिबाद कार्यक्रम आयोजित थियो जसमा प्रथम पङकज रिमाल देस्रो सदिक्षा सुबेदी तृतिय कुशल शर्मा र सान्त्वना बिश्वराज चापागाईले
हातपार्न सफल भए, त्यस्तै कक्षा ६ र ७ को लागी बक्तृत्वकला सम्पन्न भयो जसमा प्रथम सुनिना क्षत्री द्वितिय मनिसा बस्याल र तृतिय ईच्छा पैडेलले बाजि मार्न सफल भए साथै ५ र ४ कक्षाकोलागी भने कबिता बाचन प्रतियोगिता
सम्पन गरियो जसमा प्रथम सचिन शर्मा र प्रज्ञा सुबेदी द्वितिय प्रज्वल रिमाल तृतिय स्मृति गौतम र सान्त्वना अभिनब गौडेलले हात पारे ३ देखी तलका कक्षाहरूकोलागी हस्तकला प्रतियोगिता चित्रकला पढन शैलि कला आदी कार्यक्रमहरू
सन्चालन गरीएको प्राबि शिक्षक ईन्चार्ज कल्पना क्षत्रीले बताउनुभयो प्रथम द्वितिय तृतिय र सान्त्वनालाई शिल्ड मेडल प्रमाणपत्र र पुस्तीकाले सम्मानित गरिएको शिक्षक मिना खड्काले जानाकारी गराउनुभयो ।
बिद्यार्थि आशिष रिजालले धन्यबाददिएको कार्यक्रममा शिक्षक प्रकाश आचार्य बिद्यालयका प्रिन्सिपल थानेश्वर ढकाल र अद्यक्ष रूद्र प्रसाद शर्माले आफ्नो मन्तव्यद्वारा बिद्यार्थिलाई मार्गनिर्देशन गर्नुभएको थियो।